STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पेरुमा ७।५ म्याग्नीच्यूडको भूकम्पमा १ को मृत्यु ११ धाइते

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन उद्धार केन्द्र कोन का प्रमुख रिकार्डो सेजासका अनुसार सान इग्नासियो निवासी ४८ वर्षीय डारियो मुनोजको मृत्यु भएको छ । भिरालो पहाडमा रहेको घर भएका डारियोको घरमाथि बज्रिएको ढुंगाका कारण उनको मृत्यु भएको थियो । जियोफिजिक्स इन्स्टिच्यूट पेरु आइजीपी का अनुसार उत्तरी अल्टो अमेजोनास प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान २ बजेर ४१ मिनेटमा गएको थियो । निकै शक्तिशाली मानिएको उक्त भूकम्पबाट करिब १३० वटा घर, तीन वटा विद्यालय र छ वटा साना अस्पताल क्षतिग्रस्त भएका छन् । उक्त भूकम्पको धक्का छिमेकी मुलुकहरु इक्वेडर, कोलम्बिया, ब्राजिल र बोलिभियामा पनि अनुभव गरिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय