STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरामा फोटो प्रदर्शनी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

नेपाल राष्ट्रिय फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखराको बाराहीचोकमा आज एक दिवसीय फोटो प्रदर्शनी गरिएको छ । ‘आजको अनिवार्यता सशक्त व्यावसायिक फोटो पत्रकारिता’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनीमा गण्डकी प्रदेशअन्तर्गत ११ वटै जिल्लाका ४३ आकर्षक पर्यटकीय गन्तव्यको तस्वीर प्रदर्शन गरिएको छ । फेवाताल किनारामा आयोजित प्रदर्शनीमा सञ्चार उद्यमी रमेश्वर थापाले पत्रकारिता क्षेत्रको विकासमा फोटो विधाको महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्नुभयो । नेपाल राष्ट्रिय फोटो पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष धुव्र आलेले सरकारले फोटो दिवसलाई मान्यता दिनुपर्ने बताउनुभयो । विसं १९८४ मा गोरखापत्रमा पहिलो फोटो प्रकाशित भएको दिनलाई फोटो दिवसका रूपमा मनाउँदै आएको बताउँदै उहाँले एउटा फोटोले धेरै शब्द व्यक्त गर्ने उल्लेख गर्नुभयो । पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटनको प्रवद्र्धनमा फोटोले महत्वपूर्ण सहयोग पु¥याएको धारणा राख्दै यस क्षेत्रका पर्यटकीय गन्तव्यलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । प्रदर्शनीमा कृष्णमणि बराल, राम गुरुङ, अशेष शाक्य, सागरराज तिमिल्सिना, प्रदीप पौडल, इन्द्र पौडेल, दीपक परियार, उमेश पुन, नारायण आचार्यलगायतले खिचेका तस्वीर प्रदर्शन गरिएको महासङ्घ गण्डकी प्रदेशका महासचिव कृष्णमणि बरालले जानकारी दिनुभयो । प्रदर्शनीलाई आन्तरिक एवं बाह्य पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका छन् ।
Categorized in राष्ट्रिय