relans
ni new 83
nib 2082 5

पोखरामा बाक्लो असिना पानी

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ८, आइतबार

फागुन ८, काठमाडौं -  पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिनाको कारण पोखराको मुख्य बजार महेन्द्रपुल, न्युरोड, नयाँ बजार क्षेत्र जाम भएको थियो। सकडमा गुडेका मोटरसाइकल पनि बाक्लो हिउँको कारण चिप्लिएर लडेका थिए।

हिउँजस्तै बाक्लो असिनाको कारण बाटो अवरुद्ध हुँदा स्थानीयले साबेलले आ-आफ्नो पसल अगाडि असिना पन्छाएका थिए। सडकमा हिँड्नु बटुवा पनि बाक्लो असिनाको कारण चिप्लेका थिए। पोखरामा यति बाक्लो असिना पहिलो पटक परेको स्थानीय बताउँछन् ।

Categorized in स्वास्थ्य-मौसम
ppp 2