STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोट बैठकमा सहमति

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १०, आइतबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।

माओवादीको एक नेताले भने- ‘बालकोटमा सहमति जुट्यो, सीएम पीएम बन्दै हुनुहुन्छ अब केहीबेरमा सहमति सार्वजनिक हुन्छ ।’ प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बताइएको छ ।

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भइसकेपनि आधिकारी निर्णय भने सावर्जनिक गरिएको छैन । उक्त निर्णय केहीबेरमा सार्वजनिक गरिने ती नेताले बताए ।

Categorized in राजनीति