प्रचण्ड–माधव समूहले निर्वाचन आयाेगमा वैधानिकता दाबी बुझायाे
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २०, मंगलबार
काठमाडाैं – नेकपाका प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेस गरेको छ ।
अध्यक्षद्वय प्रचण्ड र माधव नेपालसहित आयोग पुगेको नेकपाको सो समूहले औपचारिक रूपमा वैधानिकताको दाबी गरेको हो ।
निर्वाचन आयोगलाई पत्र बुझाउँदै प्रचण्ड–माधव समूहका लीलामणि पोखरेलले राजनीतिक दलसम्बन्धीको दफा ४४ लाई आधार मानेर आफूहरूले पार्टीको आधिकारिकताकाे दाबी गरेको बताए ।
निर्वाचन आयोगका पदाधिकारीसँग बोल्दै पोखरेलले १० पुसमै ‘हामी यहाँ छौँ’ भनेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको बहुमत केन्द्रीय सदस्यको संख्या बुझाइसकेको उल्लेख गरे ।
आवश्यक परे फेरि पनि ती हस्ताक्षरकर्तालाई सशरीर उपस्थित गराउन सक्ने पनि पोखरेलले दाबी गरे । त्यस क्रममा पोखरेलले आयोगले पुराना ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मान्ने तर त्यसैको बहुमतले गरेको निर्णयलाई अस्वीकार गर्नु गलत भएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितको टोलीसमक्ष प्रतिक्रिया दिएका छन् ।
Categorized in राजनीति

