प्रजातन्त्र दिवसको अवसरमा बबरमहल विस्फोटका दोषी जेलमुक्त
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ८, बिहिबार
काठमाडौं– बबरमहल बमकाण्डका दोषी बुद्धिबहादुर गोले जेलमुक्त भएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद मिनाहा गरेकी हुन् ।
कैद मिनाहाको सु्विधा लिएपछि फागुन ७ गते दिउँसै केन्द्रीय कारागारले गोलेलाई जेलमुक्त गरेका थिए ।
प्रजातन्त्र दिवसको अवसरमा सरकारले वर्षेनी कैदीका सजायँ मिनाहा गरिरहेका छन् । यस वर्ष गोलेसहित ३९९ जना कैदीलाई जेलमुक्त गरिएका छन् ।
गोले गत २०६८ फागुन १५ गते बबरमहलमा भएको विस्फोटका दोषी हुन् । उक्त विस्फोटमा तीनजनाको ज्यान गएको थियो । घटनामा २२ वर्षीय कृष्णबहादुर तामाङ, ७० वर्षीय मनबहादुर तामाङ र वीरबहादुर तामाङको ज्यान गरेको थियो ।
Categorized in अपराध-दुर्घटना