STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रजातन्त्र दिवसको कारण मिस नेवाः एक हप्ता सर्यो

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ माघ २८, बुधबार

नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष निर्धारित मितिभन्दा १ साता पछि हुने भएको छ।

नेवार समुदायका युवतीहरुका लागि नेप्लिज फेशन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपाल यस वर्ष फागनु ७ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने पक्का गरे पनि सरकारले प्रजातन्त्र दिवस सम्बन्धि कार्यक्रम प्रतिष्ठानमै गर्ने भएपछि एक साता पछाडिलाई सार्नु परेको कुरा नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा प्रजातन्त्र दिवस सम्बन्धी विभिन्न कार्यक्रम तोकिएकाले मिस नेवाः को कार्यक्रम एक सातापछाडिलाई सारिएको हेमाले बताइन्।

अब १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ फागुन ७ को साटो फागुन १५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ।

Categorized in साहित्य-कला