STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रजातन्त्र दिवसमा कविता तथा निबन्ध प्रतियोगिता

Janjati Khabar – Janjati Khabar | २०७७ माघ २७, मंगलबार

काठमाडाैंं – प्रजातन्त्र दिवसको अवसरमा कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुन लागेको हो ।

प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन ७ गते उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।

महोत्सवका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ ।

प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित र प्रसारित कविता तथा निबन्ध फागुन २ गतेसम्म बुझाइसक्नु पर्ने सूचनामा जनाइएको छ ।

कविता र निबन्ध दुबै विधातर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

Categorized in साहित्य-कला