STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रणय दिवसमा ‘प्रणय काव्य दिवस ११३९’ सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

‘भ्यालेन्टाइन डे’को रुपमा विश्वभर मनाउँदै आइरहेको प्रेम दिवस अर्थात् प्रणय दिवसको अवसरमा ईलोहँ प्रकाशनको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘प्रणय काव्य दिवस ९मतिना काव्य दिवस० ११३९’ बिहिबार राजधानीको च्वसापासाको दबलीमा सम्पन्न गरियो । साहित्यकर्मी कृष्णभक्त बोडेको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यकार केदार सितु, रामलाल श्रेष्ठ, अन्जना ताम्राकार, रेखा शाक्य, ज्ञानरत्न मानन्धर, रोशनकुमार राजभण्डारी, समान्त, पुष्परत्न तुलाधर, सरिना बज्राचार्य, ओमकाजी ताम्राकार, कविन्द्रलाल प्रधान, मोक्ष, सुरज व्यञ्जनकार, पामिला, धर्मराज राजकर्णिकार, रेणु श्रेष्ठ, शरद कसाः, शरणहरि ज्यापु, पुष्परत्न ताम्राकार स्वीटहर्ट, राजेन मानन्धर, शाक्य सुरेन, जीवन कंसाकार, महेशमान लँजुवाः, तेजकृष्ण श्रेष्ठ एवं विजयरत्न असंबरे लगायतका साहित्य साधकहरुबाट बिभिन्न कविता, हाइकू, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।  
Categorized in सिनेमा