प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसालकाे मनाेनयन दर्ता
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ३०, बिहिबार
काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । सत्ता गठबन्धनका तर्फबाट उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन् ।
माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालले उम्मेदवारी दर्ता गराएकी हुन् । मनाेनयन दर्ताकाे समय दिउँसाे १ बजेसम्म छ । चुनाव हार्ने लगभग निश्चित भएपछि एमालेले उपसभामुखमा उम्मेदवार तय गर्न सकेकाे छैन ।
एकल उम्मेदवारी परे भुसाल उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ । एक भन्दा बढी उम्मेदवारी परे निर्वाचन हुनेछ ।मतदान शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएकाे छ ।
तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।
Categorized in राजनीति

