STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रतिनिधिसभा उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ८, आइतबार

प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । समाज सेवामा सक्रिए भएर राजनीतिमा आएकी झापाकी रानामगर रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन् । 

रानामगरलाई सात दलीय सत्ता गठबन्धनको समर्थन थियो । रानामगरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत पर्‍यो । विपक्षमा ९७ मत खसेको थियो । एक मत तटस्ठ  रह्याे । शनिबार प्रतिनिधिसभामा सांसद २६४ उपस्थित थिए । उनले पाएको मत प्रतिनिधिसभाको हाल कायम भएको सदस्य संख्याको स्पष्ट बहुमत भएकाले सभामुख देवराज घिमिरेले उनलाई निर्वाचित भएको घोषणा गरे । 

रानामगर निर्वाचित भएसँगै कांग्रेस उम्मेदवार मुक्तकुमारी यादवको प्रस्ताव भने मतविभाजनमा गएन । अघिल्लो प्रस्तावबाटै प्रतिनिधिसभाले उपसभामुख पाएकाले यादवको प्रस्ताव मतविभाजनमा नलगिएको हो । 

बिहीबार मात्र सत्ता गठबन्धनकै समर्थनमा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित भएका थिए । प्रतिनिधिसभाका सभामुख र उपसभामुख दुवै झापाका हुन् ।

Categorized in राजनीति