STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश नं. १ स्तरीय ‘ फष्ट प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६’ हुने

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

नेपालमा अहिले चलचित्र को व्यापार खस्कँदो अवस्थामा रहेपनि चलचित्र अवार्द को संख्या भने दिन दिनै थपिंदै गइरहेको छ । यसै क्रममा नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि पहिलो पटक झापाको बिर्तामोडमा प्रदेश नं. १ स्तरीय ‘ फष्ट प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६’ हुने भएको छ । अवार्डको प्रदेश नं. १ को आयोजकका रुपमा रहेको पूर्वेली युवा क्लवले बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो । अवार्ड कार्यक्रममा तीनजना प्रदेश नं. १ का चलचित्र क्षेत्रमा योगदान पुर्याउने चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्डसहित सम्मान गरिने पूर्वेली युवा क्लवका पूर्व अध्यक्ष तथा अवार्डका संयोजक रमेश चौधरीले बताए । विभिन्न ४५ बिद्यामा पपुलर अवार्ड समेत प्रदान गरिने उनले बताए । ‘प्रदेश नं. १ मा जन्म भई देशको जुनसुकै स्थानमा रहेर पनि चलचित्र क्षेत्रमा योगदान पुर्याउने चलचित्रकर्मीलाई सम्मान गरिने छ’ अवार्ड कार्यक्रमका कोअडिनेटर मनोज केसीले भने ‘ चलचित्र क्षेत्रमा १० बर्ष निरन्तर रहेको ब्यक्तिलाई मात्र अवार्ड कार्यक्रममा समावेश गराइन्छ ।’ उनले प्रदेश नं. १ का जुनसकै भाषा, धर्म, संस्कृतिमा निर्माण भएका चलचित्र र कलाकारहरुलाई पनि समावेश गराइने बताए । बिर्तामोडमा हुने अवार्ड कार्यक्रमका लागि ५० लाख अनुमानित खर्च हुने बताएका छन् । अवार्ड सफल पार्नका लागि प्रायोजक, स्थानीयतह, स्थानीय संघ÷संस्था, समाजसेवीको सहयोग लिइने उनले बताए । प्रदेश नं. १ भरीका चलचित्रकर्मीको नामावली संकलनका लागि समिति नै निर्माण गरिने कोअडिनेटर केसीले बताए । अवार्ड वितरण मंसीर महिनासम्ममा गर्ने उदेश्य राखेको केसीले बताएका छन् । कार्यक्रममा ‘रातेकाँइला’ उपनामले परिचित कलाकार सुनिल थापाले आजसम्म भारतमा पनि यस्तो प्रकारको अवार्ड नभएको बताए । ‘यो अवार्डले नेपाली फिल्मलाई अझ अगाडि वढाउन सहयोग गर्छ’ अभिनेता थापाले भने ‘यो कार्यक्रमले लुकेर रहेका प्रतिभालाई पनि प्रस्फुटन गर्न सहयोग मिल्छ ।’ एभरेष्ट एकाडेमी नामक संस्था समेत सञ्चालक थापाले प्रदेश नं. १ मा शाखा विस्तार गर्ने सोच समेत रहेको बताए । पूर्वेली युवा क्लवका अध्यक्ष प्रकाश उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा अवार्डका प्रोडक्शन मेनेजर कुमार सिलवाल, बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङ, उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी, कलाकार भुपेन्द्र लिङ्देन ‘मन्त्री’, क्लवका उपाध्यक्ष दिपेन चौधरी, बक्सअफिसका प्रवन्ध निर्देशक यज्ञराज प्रसाई, समाजसेवी कमल खरेललगायतको उस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव प्रकाश उप्रेतीले गरेका थिए ।
Categorized in सिनेमा