STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश नं २ मा पाँच लाख पर्यटक भित्र्याउने तयारी

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १६, बिहिबार

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरुलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको हो । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यो प्रदेशमा पर्यटकीय क्षेत्रहरु धेरै रहेपनि एकीकृत दस्तावेज नहुँदा त्यसबारे सबैलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको भ्रमण वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झाले जानकारी दिनुभयो । प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र छन्, तर वास्तविक सङ्ख्या एकिन नहँुदा पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रहरुसमेत ओझेलमा परेको छ, संयोजक झाले भन्नुभयो, “पर्यटकलाई आकर्षित गर्न कुन–कुन पर्यटकीय क्षेत्र तथा धार्मिकस्थलहरु उपयुक्त हुन्छ र त्यस्ता पर्यटकीय क्षेत्रहरु कतिको सङ्ख्यामा छन् भन्ने कुराहरु पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेका छौँ ।” यसरी तयार गरिने एकीकृत दस्तावेज प्रदेश नं। २ का ८ वटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने उहाँको भनाइ छ । यस्तै भ्रमण वर्षलाई दृष्टिगत गरी प्रदेश नं २ का आठै जिल्लाको शहरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । महोत्तरीबाट शुरु गरिएको सरसफाइ अभियान प्रदेश नं २ को सबै जिल्लाका प्रमुख शहरमा लैजाने र त्यसका लागि सरकारकारवालाहरुसँग अन्तरक्रिया गरिरहेको संयोजक झाले बताउनुभयो । सरकारले कार्यविधि र बजेट उपलब्ध नगराउँदा भ्रमण वर्षको तयारीमा केही कठिनाइ भइरहे पनि भ्रमण वर्षलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा कार्यक्रम अघि बढाएको संयोजक झाको भनाइ छ । बालबिवाह निरुत्साहित गर्न संजाल गठन जिल्लामा बढ्दो बालबिवाहलाई निरुत्साहित गर्न सिरहामा बालविवाह न्यूनीकरण सञ्जाल गठन गरिएको छ । दलित विकास मञ्च सिरहाको अगुवाइमा गठन गरिएको सञ्जालको अध्यक्षमा कल्याणपुर नगरपालिका–१ का वडाध्यक्ष जयराम कामतीलाई चयन गरेको छ । नेपालमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्नमा रोक लगाए पनि सिरहामा अझै बालविवाह गर्ने क्रम बढ्दो अवस्थामा रहेकाले त्यसलाई निरुत्साहित गर्न सञ्जाल गठन गरिएको दलित विकास मञ्च सिरहाका अध्यक्ष रूणाकुमारी महराले जानकारी दिनुभयो । बालविवाह गर्नेलाई वडाबाट दिइने सेवा सुविधा अब नदिने भन्दै बालविवाह विरुद्ध गाउँगाउँमा सञ्जालले जनचेतना जगाउने सञ्जालका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष कामतीले बताउनुभयो ।
Categorized in राष्ट्रिय