प्रदेश नम्बर २ मुख्यमन्त्रीको फेसबुक पेज ह्याक
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १९, शुक्रबार
जनकपुर – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ ।
शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको हो ।
मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रको अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको जानकारीमा आएको छ ।
मिश्रको अनुसार मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको थियाे । ह्याक कहाँबाट र कसरी भएको हो भन्ने अनुसन्धान भइरहेकाे मिश्रले जानकारी दिएका छन् ।



