STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश सभामा कांग्रेसको नाराबाजी, बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १९, सोमबार

बुटवल – नेपाली कांग्रेसले प्रदेश सभामा संसदीय मर्यादा कायम नभएको भन्दै नाराबाजी गरेको छ।

 

प्रदेशसभामा राजधानी र नामांकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो ।

राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको छ ।  बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत रहेको बताए । केपी ओलीको बुई चढेर राजधानीको प्रस्ताव ल्याउन गलत भएको भन्दै जनताले खुसी मनाउने गरी अघि बढ्नुपर्ने उनले बताए ।

राजनीति स्वार्थका लागि राजधानी सारिएको तर्क कांग्रेसको छ । संसद अवरुद्धपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

Categorized in राजनीति