relans
ni new 83
nib 2082 5

प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २५, सोमबार

काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद गठन गरेका हुन्। 

मन्त्रिपरिषदमा सत्ता साझेदार दलहरूबाट १/१ जना सरकारमा सहभागी भएका छन्। नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु सरकारमा सहभागी भएकी हुन्। 

मुख्यमन्त्रीको शपथ पश्चात प्रदेश प्रमुख पर्शुराम खापुङले नै अन्य मन्त्रीहरूलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। मुख्यमन्त्रीले तीन जना मन्त्री नियुक्त गरेपनि हाल उनीहरूलाई कुनै जिम्मेवारी हस्तान्तरण गरिएको छैन्। 

मुख्यमन्त्री कार्कीले प्रदेशका १३ वटै मन्त्रालय आफैसँग राखेका छन्। शपथ ग्रहण पश्चात अन्नपूर्णसँग छोटो कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड भने केहीदिनमै हुने बताए। 

प्रमुख सत्ता साझेदार दलसँग छलफल गरेर थप मन्त्रिपरिषद विस्तार र जिम्मेवारी बाँडफाँडको गरिने उनले जानकारी दिए।

Categorized in राजनीति
ppp 2