प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठ सिफारिस
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण १८, बिहिबार
काठमाडौं - प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ । बिहीबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको हो ।
उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश जाँदै गरेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीशका रुपमा आउँदै छन् ।
३१ औं प्रधानन्यायाधीशका लागि सिफारिस भएका श्रेष्ठको नाम परिषदको सचिवालयले संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ । र, समितिबाट नाम अनुमोदन भएसँगै श्रेष्ठ ३१ औं प्रधानन्यायाधीशमा नियुक्त हुने छन् ।
Categorized in राजनीति

