STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध रिट दर्ता गर्न सर्वाेच्चकाे आदेश

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १९, शुक्रबार

काठमाडाैं - सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले सर्वोच्च अदालत प्रशासनलाई प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएको हो ।

दाहालले २०७६ माघ १ गते खुलामञ्चमा आयाेजित कार्यक्रममा द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए ।

त्यसै अभिव्यक्तिलाई आधार मान्दै अधिवक्ताद्वय कल्याण बुढाथोकी र ज्ञानेन्द्रराज आरणले छुट्टाछुट्टै रिट निवेदन पेस गरेका थिए।जसलाई सर्वोच्च प्रशासनले २०७९ कात्तिक २४ मा दरपीठ गरेको थियो ।  उक्त निवेदनमा दाहाललाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्न माग गरिएको छ ।

Categorized in राजनीति