STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीको अयोध्याकाे अभिव्यक्तिलाई लिएर भारतमा चर्काे आलोचना

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ३०, मंगलबार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या सम्बन्धमा दिएकाे अभिव्यक्तिकाे भारतमा पुनः आलोचना भएकाे छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा चर्को आलोचना शुरु भयो । सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए । भारतीय जनता पार्टी (भाजपा) भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको हो । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताएका छन् । ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही ।’  
Categorized in राजनीति