प्रधानमन्त्रीको आदेशमा पूर्वराज्यमन्त्रीको अपहरण : समाजवादी पार्टी
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १०, बुधबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको छ ।
समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत् डा. यादवलाई जनकपुरबाट अपरहण गरेको र यसको प्रयोजन पार्टी फुटाउने हो भनेर लेखेका छन् ।
‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।
Categorized in राजनीति