प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
सरकारले ५ वटा पिसिआर मेसिन किनेको छ, तर पाँच वटै किन चल्दैन ?
क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?
हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?
नेपालमा मृत्यु भएकाहरुको उमेर र संख्याका आधारमा विश्वब्यापी रुपमा मृत्युहरु भएकाहरु अनुसार दाँजेर हेर्नुभएको छ ?
भ्रष्टाचार र स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु, तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?
जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती व्यक्ति हुन् कि नेपाली नागरिक हुन् ?
ती नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ति आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइन राख्ने सम्माननीय प्रधानमन्त्रीको सरकारको काम हो वा हामीले गरिदिनुपर्ने ?
आज त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्नुपर्थ्यो वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री हेर्न पाइन्थ्यो ?Categorized in राजनीति


