relans
ni new 83
nib 2082 5

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १२, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो ।
Categorized in राष्ट्रिय
ppp 2