STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओलीद्वारा बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त

Janjati Khabar – Janjati Khabar | २०८१ पौष १८, बिहिबार

काठमाडौं - बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बाल गायकको रूपमा चर्चित परियारको बिहीबार त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

Categorized in राष्ट्रिय