प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल पुनर्गठन, थपिए ३ उपप्रधानसहित १० मन्त्री
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २२, शनिबार
केपी शर्मा ओली नेतृत्वको सरकारमा भित्रिएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच ओली नेतृत्वको सरकारमा सहभागी तीन उपप्रधानसहित १० मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डरीबाट शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री ओलीले यसअघि मन्त्रिपरिषद्मा रहेका चार मन्त्रीबाहेक सबैलाई हटाउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
प्रधानमन्त्री ओली सातवटा मन्त्रालय भने आफूमातहत राखेका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महतोको नेतृत्वमा १० जना समावेश छन् । जसपालाई ओलीले ८ मन्त्री र २ राज्यमन्त्री दिएका छन् ।
त्यस्तै, आज विस्तार गरेको मन्त्रिपरिषद्मा ओलीले रघुवीर महासेठ र शेरबहादुर पुन: भित्र्याएका छन् । त्यस्तै उनले अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, महासेठ र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् ।
Categorized in राजनीति

