STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनकाे सिफारिस, राष्ट्रपतिसमक्ष आजै लगिने

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनकाे सिफारिस गरेका छन् ।

आइतबार बिहान बसेकाे मन्त्रिपरिषदकाे आकस्मिक बैठकमा ओलीले संसद विघटनको सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले साे सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्ने भएका छन् ।

साे सिफारिस आजै राष्ट्रपतिको कार्यालय शीतल निवास लगिने थाहा हुन आएकाे छ । 

यसअघि पार्टीको विवाद विषय प्रधानमन्त्री ओली हिजाे शनिबार राष्ट्रपति भेट्न  शीतल निवास पुगेका थिए ।

साे भेटमा संसद विघटन र मध्यावधि चुनाव विषय प्रधानमन्त्री र राष्ट्रपतिबीच संवाद भएकाे जनाइएकाे छ ।

Categorized in राजनीति