STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

जेन जी पुस्ता सडकमा निस्किएपछि कांग्रेसले पनि यो निर्णय फिर्ता लिन सरकारमाथि दबाब बढाउँदैछ। यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग पनि कुरा गर्दै छन्।

Categorized in राजनीति