STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओली चिकित्सकीय अवलोकनमा

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १८, बुधबार

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उहाँलाइ चिकित्सकीय अवलोकनमा राखिएको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिका बारे आज बिहान १० बजे सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएअनुसार स्वास्थ्यमा थप सुधार देखिएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
Categorized in राष्ट्रिय