प्रधानमन्त्री ओली भोलि चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाँदै
Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २५, मंगलबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी भएको छ ।
प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने गएका छैनन् ।
Categorized in राजनीति

