STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री देउवाको डडेल्धुरामा उम्मेदवारी दर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २३, आइतबार

काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका छन् । वारिसनामा मार्फत राणाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पुगेर मनोनयन दर्ता गराएकी हुन् । 

देउवाकाे उम्मेदवारीमा पार्टी जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहेकाे मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । देउवाको मनोनयन दर्ताका लागि राणा शनिबार डडेल्धुरा पुगेकी थिइन्। 

डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदमा कांग्रेस बीपीका कर्णबहादुर मल्ल, नेकपा (एमाले) का बागी उम्मेदवार विक्रम शाही, स्वतन्त्रका उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल र राप्रपाका गोविन्दराज खडायतले उम्मेदवारी दर्ता गराएका छन् । 

Categorized in राजनीति