STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ७, शुक्रबार

काठमाडौं, माघ ७ - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका- छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको ६ महिनापछि पहिलो पटक प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।  देउवा असार २९ मा पाँचौँपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

‍सम्बाेधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम एक वर्षभित्रै सबै तहको निर्वाचन गर्नुपर्ने दायित्वमा सरकार सचेत रहेको बताएका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निर्वाचनको संवैधानिक दायित्वबाट सरकार पछाडि नहट्ने बताए । 'एक वर्षभित्र निर्वाचन गर्नुपर्ने सरकारको दायित्व छ । निर्वाचनको पूर्वतयारीका लागि म अनुरोध गर्दछु,' उनले भने ।

प्रमुख प्रतिपक्षी दलले सरकारले संसद् र स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाइरहेको समयमा प्रधानमन्त्री देउवाले संविधानबमोजिम नै निर्वाचन हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Categorized in राष्ट्रिय