relans
ni new 83
nib 2082 5

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ २७, बुधबार

काठमाडौं - प्रधानमन्त्री  एवम् नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा ८: ३३ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ। 

स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको हो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन्।

उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन। मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ।

Categorized in व्यक्तित्व
ppp 2