STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री पुष्पकमल दाहालबाट निफ अन्तरराष्ट्रीय महोत्सवको उद्घाटन गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २३, मंगलबार

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा चैत २ देखि ६ सम्म आयोजना हुने छैठौं 'नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' (निफ)को सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहालबाट महोत्सवको उद्घाटन गर्ने  कुरा आयोजक समितिका अध्यक्ष के पि पाठकले जानकारी गराएको छ ।

सो महोत्सवको टिकट बुकिङ खुला पनि भएको कुरा पनि आयोजकले जानकारी गराएको छ । दर्शकले 'खल्ती एप'मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ । 

यो पटक निफका प्रतिस्पर्धामा रहेका फिल्म हरु काठमाडौं उपत्यकाका चार हलमा प्रदर्शन हुने भएको छ । क्यूएफएक्ससँग आयोजक समितिको सम्झौता भए  अनुसार बिग मुभिज, छायाँ,लविङ र भक्तपुरको भाटभटेनीमा रहेको हलमा फिल्महरु प्रदर्शन हुने भएको छ । 

महोत्सवमा ३५ देशका ९५ प्रतियोगी फिल्म देखाइनेछ भने महोत्सवमा कोरिन शर्मा निर्देशित फिल्म 'चरी' (अप्रतियोगी) देखाउँदै महोत्सवको उद्घाटन हुनेछ ।

 यो महोत्सवमा विगतमा झैं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा-छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरु देखाइनेछन् ।

Categorized in सिनेमा