STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच बालुवाटारमा भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण ४, बिहिबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दुई नेताबीच वार्ता जारी छ ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा यी दुई नेताले भेटघाट बाक्लो बनाएका छन् । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको व्यक्ति ल्याउनुपर्ने बताउँदै आएको छ ।

एमाले भने पूर्व सहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्ने अडानमा छ ।  माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने गाइँगुइँ चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

यसअघि प्रचण्ड अ‍ोली निवास बालकोट पुगेरै भेटघाट गरेका थिए ।

Categorized in राजनीति