STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १८, बुधबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटमा सरकारका कामको समीक्षासँगै रिक्त रहेको गृह मन्त्रालयको विषयमा पनि कुराकानी भएको छ। अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद र उपप्रधान तथा गृहमन्त्री पद गुमेपछि अब गृह मन्त्रालयमा कसलाई ल्याउने भन्ने विषयमा सत्ता साझेदार दलबीच छलफल जारी छ। लामिछाने आफैँले नागरिकता लिएपछि गृहमन्त्रालयको दावी गर्दै नपाए सरकार छाड्ने चेतावनी दिएपछि सत्ता साझेदार दलका दुई अध्यक्षको भेटलाई महत्वका साथ हेरिएको छ। 

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचनका विषयमा पनि छलफल भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा छलफल गरिरहेका छन्। 

आजै प्रधानमन्त्री प्रचण्ड र राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री राजेन्द्र लिङ्देनबीच पनि भेटवार्ता भएको छ। भेटमा समसामयिक विषयमा छलफल भएको थियो।

Categorized in राजनीति