STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ ४, सोमबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्का लगायत पनि टोलीमा हुनेछन् ।

टोलीले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

सडक सञ्जाल टुटेका ठाउँमा भौतिक पूर्वाधार मन्त्रालयले बेलिब्रिज पठाउन तयारी गरिरहेको छ भने उद्दार तथा राहत कार्य भइरहेको छ ।

Categorized in राजनीति