STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री रोजगार कार्यक्रम ः शुक्लाफाँटामा पदमार्ग निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु गरिएको छ । आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको बतासे झरना पुग्नका लागि कार्यक्रमअन्तर्गत रोजगारीका लागि नगरपालिकामा फाराम भरेका २४ जनाले काम पाएका छन् । झर्ना पुग्ने ठाउँमा पुग्ने पैदलयात्रुको आवागमनलाई सहज बनाउन ढुङ्गाको सिँढी बनाउने र बाटोमा रहेका ढुङ्गालाई पन्छाई व्यवस्थित पर्ने काम अगाडि बढाइएको वडा नं ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । चुरे पर्वत शृङ्खलामा रहेको बतासे झरना आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । दुईतर्फ कडा चट्टान भएको साँघुरो ठाउँबाट झरना खस्छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटकीय क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् । कार्यक्रमअन्तर्गत रोजगारका लागि पदमार्ग निर्माणमा जुटेका व्यक्तिलाई ३० दिनसम्म रोजगारी दिइनेछ, उहाँले भन्नुभयो, “प्रतिदिन रु ५१७ का दरले ज्याला दिइनेछ ।” जसका लागि वडा कार्यालयमा रु तीन लाख ७२ हजार २४० रकम पठाइएको छ । पदमार्ग दुई हजार ६०० मिटर लम्बाइ र डेढ मिटर चौडाइको निर्माण हुनेछ । पदमार्ग धारापानी शुक्लाताल, बेलगडा हुँदै बतासे झरनासम्म पु¥याउने वडा कार्यालयको योजना छ । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा चालू आवमा ३० दिनका लागि २०३ जनाले रोजगारी पाएका छन् । रोजगारीमा संलग्नलाई पदमार्ग निर्माण, सडक मर्मतसम्भार, सरसफाइ प्रवद्र्धन र सामुदायिक विद्यालयका भवन मर्मतमा खटाइएको नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद भट्टले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा पाँच हजार ४२४ ले रोजगारीका लागि निवेदन दिएका छन् । कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।
Categorized in राष्ट्रिय