relans
ni new 83
nib 2082 5

प्रसुनजंग पोखरेलले जिते वर्ल्ड राईजिङ स्टार २

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २९, सोमबार

जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राईजिङ स्टार २०२३ प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन् । उनी नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन् ।

प्रतियोगितामा उनले राष्ट्रिय पोसाकको उपाधि पनि जितेका छन् । थाइल्यान्डको टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्सअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् ।

परिवर्तन इभेन्ट हाउसद्वारा राजधानीमा आयोजित नृत्य, गायन र अभिनयसम्बन्धी प्रतिस्पर्धा डी एस ए स्टार २०१९ मा विजेता भएबापत नेपालको प्रतिनिधित्व गर्दै प्रसुन जर्जिया पुगेका थिए। त्यहाँ उनले ४२ देशका प्रतिस्पर्धीमाझ अन्तिम स्पर्धा गरेका थिए। प्रसुनले उपाधि चुमेवापत शनिबार सितल निवासमा राष्ट्रपती बिद्या देबी भण्डारीले प्रसुनलाई विश्वमाझ पुगेर नेपालको नाम चिनाउने काम गरेकोमा शुभकामनासहित अवार्ड हस्तानतरण गरिन् ।

सो कार्यक्रममा ब्राइट फ्युचर एकेडेमीका सिइयो मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा र परिवर्तन इभेन्ट हाउस निर्देसक राज बराइलीलगायत सहभागि थिए।

Categorized in साहित्य-कला
ppp 2