प्रहरीको कुटाइबाट लिम्बुवान नेताको निधन
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र ११, शनिबार
काठमाडौं - कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को निधन भएको छ ।
गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका उनको उपचारको क्रममा शुक्रबार धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको हो।
अस्पताल स्रोतका अनुसार लिम्बूको आज विहान साढे २ बजे निधन भएको हो । प्रहरीको लाठी चार्चका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनी चैत ८ गते अचनाक बेहोस भएको थिए । ४२ वर्षीय मृतक पदम तेह्रथुमको म्याङ्लुङ नगरपालिका – ९ साब्ला पार्टिगाउका स्थायी बासिन्दा हुन् ।
प्रदेश – १ को नाम कोशी राखिएपछि विभिन्न पहिचानवादी दलहरुकाले विभिन्न स्थानमा विरोध तथा प्रदर्शन गरिरहेका छन् ।
२०७९ साल फाल्गुण १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतमार्फत कोशी प्रदेश नाम पारित गरेको थियो ।
Categorized in राष्ट्रिय

