STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २१, सोमबार

भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले आइतबार शुभारम्भ गर्नुभयो । करिब छ कट्ठा जमिनमा निर्माण गरिएको पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पमा कार्यालय भवन, जेनेरेटर हाउस र शौचालय निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । एक पटकमा चार पेट्रोल गाडी र चार डिजेल गाडीले इन्धन भर्न सकिन्छ । दोस्रो चरणमा सो स्थानमा ग्रोसरी, प्रहरी आवासलगायत निर्माण गरिने कोइरालाले जानकारी दिनुभयो । प्रहरीको कोषअन्तर्गत काठमाडौँको नक्साल, सामाखुशी र पथलैयामा पेट्रोल पम्प सञ्चालन भइसकेको छ । कार्यक्रममा सशस्त्र प्रहरी बल बाहिनी मुख्यालय भण्डाराका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख टेकबहादुर तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र पौडेल, नेकपा प्रदेश कमिटी सदस्य बद्रि तिमिल्सिना, काँग्रेस जिल्ला सचिव राजीव न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
Categorized in राष्ट्रिय