प्रहरी द्धारा हवाई फायर गर्दा एक प्रदर्शकारीको टाउकोमा गोली लागि मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २४, मंगलबार
सर्लाहीमा प्रहरी द्धारा हवाय फायर गर्दा एक प्रदर्शकारीको टाउकोमा गोली लागि मृत्यु
सर्लाही इश्वरपुरम ढुंगागिटी उत्खनन गर्दा बनेको खाल्डोम परि डुबेर अमितकुमार साहको मृत्यु भयो । त्यसैको विरोधमा भएको पर्दशनका क्रममा प्रहरीको
गोली लागेर सरोजनारायण यादवको पनि मृत्यु भएको छ । प्रर्दशनको क्रममा प्रहरी द्धारा हवाइ फायरीङ गर्दा यादवको मृत्य भएको हो भन्ने प्रहरीको दावी छ ।
यस विषयबारे मंगलबार काग्रस र राजपाका सांसदहरुले यसबारे प्रश्न उठाए । हवाई फायरिङ गर्दा कसरी टाउकोमा गोली लाग्यो भनि प्रश्न गरेको हो ।
यसबारे गृहमन्त्री रामबहादुर थापा बादलले यादबको हवाई फायरमै मृत्यु भएको हो । प्रदर्शनकारीले सडक अवरुद्ध गरेर ढुंगामुढा गर्न थालेपछि कमै बल प्रयोग
गरेको भनि संसदमा भनेका छन् । प्रदर्शनकारीहरु धेरैनै आक्रमक भएपछि प्रहरीले हवाई फायरिङ गरेका हुन् र प्रदर्शनकारीहरु उचाई भएका कारण हवाई
फायरिङ गर्दा गोली लागेको हो भनि गृहमन्त्री थापाले जानकारी गराउनु भयो
Categorized in अपराध-दुर्घटना