STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरी र तस्कर समूहबीच झडप, प्रहरीले गोली चलायाे

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३, शनिबार

काठमाडौं । सुनसरीमा शसस्त्र प्रहरी बल र तस्कर समूह बीच झडप हुँदा प्रहरीले गोली चलाउनुपरेकाे छ । तस्कर समूहले हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहजब जट घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरीका जवानसहित दुईजना घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट जवान जीवराज विशंखे घाइते भएका छन् । गएराती हरिनगरा गाउँपालिका–७ जटबरा स्थित दशगजामा भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेको समूहलाई बिओपी घुस्कीबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिन खोजेको थियो । तस्कर समूहले बाँस र ढुंगा प्रहार गर्दै सशस्त्रको हतियार खोस्ने प्रयार गरेका थिए । स्थिति नियन्त्रणमा लिन एक राउण्ड गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । घाइते दुवैको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in राष्ट्रिय