प्रियसी म्युजिकको 'जिन्दगानी के छ र"को भिडियो सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष १२, शुक्रबार
गीतसंगीत क्षेत्रमा निरन्तरता दिइरहेको प्रियसी म्युजिक प्रालीले निर्माण गरेको 'जिन्दगानी के छ र "' बोलको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेको छ । प्रियसि म्युजिक को अफिसियल युट्युबबाट शुक्रबार सार्वजनिक यो राजेन्द्र पुरी र एला पुरीको हृदयस्पर्शी यस गीतले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।
गीतको शब्द लोक राज अधिकारीले लेखेका छन् भने संगीत र स्वर सीडी विजय अधिकारीले दिएका छन्। भिडियोको निर्देशन बबिता श्रेष्ठ ले गरेका भने छायांकन उत्तम हुमागाईंले गरेका छन्।
दिपेन्द्र राज गिरी र जुना एसडीको प्रमूख जोडिको अभिनय रहेको यो भिडियोमा बालकलाकार एला पुरीको जीवन्त अभिनयले गीतलाई थप आकर्षक बनाएको छ। सम्पादन मीन रावलले गरेका हुन्।
Categorized in साहित्य-कला

