प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार
काठमाडाैं – लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
सामाजिक सन्जाल मार्फत आफू र श्रीमती दुवै कोरोनाका सिकार भएको महतले जनाएका छन् । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।
महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका छन् ।
Categorized in सिनेमा