STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रेस नियन्त्रणसम्बन्धी बुँदा परिमार्जन गर्नुपर्छः अध्यक्ष श्रेष्ठ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सरकारले सञ्चार क्षेत्रमा नियन्त्रण गर्ने गरी मिडिया काउन्सिल विधेयक  ल्याउन नहुने बताउनुभएको छ ।  रासससँग आज कुरा गर्दै उहाँले सरकारले राष्ट्रियसभामा पेश गरेको विधेयकमा प्रेसलाई नियन्त्रण गर्ने गरी आएको बुँदालाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले कतिपय समाचारमा आएजस्तो सरकारले ल्याएको विधेयकमा रु २५ हजारदेखि रु एक लाखसम्म जरिवाना तिराउने विधेयकमा काउन्सिलसँग  मोटामोटी सहमतिसमेत भएको भन्नेमा कुनै सत्य र यथार्थ नभएको स्पष्ट गर्नुभयो । “पछिल्लो समयमा सञ्चार क्षेत्रमा आएको विकृति न्यूनीकरण गर्न नयाँ ऐन आवश्यक छ, काउन्सिलले बुझाएको मस्यौदालाई आधार मानेर गए कुनै समस्या हुँदैन”,  उहाँले भन्नुभयो । 
सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई अहिलेको विधेयक फिर्ता लिई काउन्सिलले बुझाएको प्रस्तावलाई  समेटेर विधेयक अगाडि बढाउन उहाँले आग्रहसमेत गर्नुभयो । नेपालमा पत्रपत्रिका र सञ्चारमाध्यम दर्ता गर्ने तर प्रकाशन भने नगर्ने वा निरन्तरता नदिने प्रवृत्ति रहेको बताउँदै उहाँले त्यस्ता सञ्चारगृह खारेजी गर्ने कानून नहुँदा समस्या आएको भनाइ पनि राख्नुभयो । 
Categorized in राष्ट्रिय