STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्लाष्टिक निरुत्साहित गर्न कपडाका झोला

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवद्र्धन गर्न तालीम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पु¥याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो ।बुधबारदेखि शुरु भएको तालीममा विभिन्न वडाका महिला सहभागी छन् । नगर प्रमुख नरुलाल चौधरीले प्लाष्टिकले वातावरण र मानवीय स्वास्थ्यमा पार्ने असरबारे सचेत हुन र त्यसको प्रयोग हटाउँदै वातावरणमैत्री झोला प्रयोग अहिलेको आवश्यकता भएको बताउनुभयोे । कपडाको झोला प्रयोगमा आउन थालेपछि रोजगारी र आर्थिक उपाजर्नमा समेत त्यसले सहयोग पु¥याउने उहाँको भनाइ थियो । नारी सीप विकास संस्थाका अध्यक्ष विष्णु थापाले सानो लगानीमा वातावरण र मानवीय स्वास्थ्यमा प्रभाव पार्नाका साथै आयआर्जनसमेत हुने भएकाले सो तालीम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय