फागुन पहिलो साताबाट ठूलो आन्दोलन हुन्छ : प्रचण्ड
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २२, बिहिबार
काठमाडाैं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको पहिलो साताबाट संयुक्त रुपमा ठूलो आन्दोलन हुने बताएका छन् ।
सातदोबाटोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै राजनीतिक दल, नागरिक समाज, कलाकारहरुले संयुक्त रुपमा बृहत आन्दोलन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
‘केपी ओलीको प्रतिगमन नसच्चिएमा फागुनको पहिलो साताबाट संयुक्त रुपमा बृहत आन्दोलन हुन्छ,’ उनले भने । सो आन्दोलनले ओली सत्ताको आयु समाप्त हुने उनको भनाइ थियो ।
संवैधानिक आयोगमा बल मिच्याइपूर्वक नियुक्ति गरेको र तानाशाही प्रवृत्ति बढ्दै गएकाले आमहड्ताल गर्न बाध्य भएको उनको स्पस्टिकरण छ ।
अहिलेको लडाईं केपी ओली प्रचण्ड वा माधव नेपालबीचको नभइ लोकतन्त्रवादी र लोकतन्त्रविरोधीबीचमा भइरहेको बुझ्न उनले अपिल गरेका छन् ।
Categorized in राजनीति

