STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १३९, डिजेल १२२

Janjati Khabar – Janjati Khabar | २०७८ माघ ५, बुधबार

काठमाडौं, माघ ५- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । 

आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलाेलिटर १०० डलरले बढेर ९९५ पुगेकाे छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा अत्यधिक घाटा भएपनि हाललाई पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ । गएको सोमबार निगमले प्रति सिलिन्डर ६४६ रुपैयाँ घाटा भइरहेको बताएको थियो ।

यसअघि निगमले कात्तिक २४ इन्धनको मूल्य बढाएको थियो ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब एक अर्ब ८८ करोड घाटा हुने विज्ञप्तिमा जनाइएको छ ।

Categorized in बिजनेस