फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, पेट्रोल प्रतिलिटर १२३ पुग्याे
Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ३, सोमबार
नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य पुन: बढाएको छ ।
निगमले सोमबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
मूल्यवृद्धि भएसँगै अब पेट्रोलको मूल्य १ सय २३, डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धि भए पनि प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिण्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमको दाबी छ ।


