फोटोग्राफर च्याङ्बाको फ्रेम पसल खुल्यो
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २, सोमबार
लामो समयदेखि फोटाग्राफी गर्दै आइरहेका च्याङ्बा लामाले सञ्चालनमा ल्याएको सीबी माउन्ट फ्रेम हाउसको हिजो आइतबार औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौं बुद्धनगरमा रहेको यो फ्रेम हाउसको आइतबार एक कार्यक्रमका बीच हिमाली भेगको दृश्य कैद गरेर ख्याति कमाएका फोटोग्राफर जगदिश तिवारीको हातबाट रिबन काट्दै औपचारिक शुभारम्भ गरिएको हो ।
ओपनिङमा जगदिश तिवारी सहित फोटोग्राफर बिकास रौनियार, राजन काफ्ले, हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, चलचित्र द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, कलाकार अनुपम श्रेष्ठ, गायिका हरु अर्पणा श्रेष्ठ पुजा सुनुवारलगायतका व्यक्तित्व उपस्थित थिए । फ्रेम हाउस शुभारम्भ समारोहमा सञ्चालक च्याङ्बाले कलाकार अनुपम श्रेष्ठलाई सिबि माउण्ट फ्रेम पसल का ब्राण्ड एम्बेसडरको रुपमा घोषणा गरेका हुन् । यो फ्रेम हाउसमा झण्डै ४० प्रकारका विभिन्न आकर्षक फ्रेमहरु उपलब्ध छ ।
सञ्चालक लामाले भनेका छन , ‘यो पेशामा सम्भावना भन्दा चुनौती धेरै छ । अचेल त फ्रेम युज गर्ने परिपाटी बिस्तारै घट्दै गएको छ । पहिला पहिला फ्रेम बनाउदा काटी किला हातैले ठोक्नुपर्ने बाध्यता थियो तर अहिले सबै मेसिनबाट फिट गर्न मिल्छ ।’ उनले यो फ्रेम हाउसमा १ करोड लगानी लागेको बताए । आज औपचारिक शुभारम्भ गरेपनि वर्षदिन यता उनले यस फ्रेम हाउसबाट सेवा प्रदान गर्दै आइरहेका थिए । यसक्रममा जिल्ला बाहिरबाट समेत फ्रेमको अर्डर आउने गरेको उनको कथन छ । २०५२ सालबाट च्याङ्बाले फोटोग्राफी सुरु गरेका थिए । प्रसिद्द फोटोग्राफर राजिब श्रेष्ठबाट फोटोग्राफीको तालिम लिएर फोटो खिच्न सुरु गरेका उनले यो बीचमा थुप्रै सेलिब्रेटीको सुन्दर फोटो कैद गरिसकेका छन् । नेपाल मै नयाँ नयाँ डिजाइनका फ्रेम आफूले सीबी माउन्टमा तयार गर्ने गरेको सञ्चालक लामाको भनाइ छ । उनले यो फ्रेम हाउसमा ८ जनालाई रोजगारी समेत दिएका छन् । फ्रेमको डिजाइन कै कारण चरिकोट, भरतपुर, ओखलढुङ्गा र भारतको सिमाना सम्मबाट आफूलाई फ्रेमको अर्डर आउने गरेको उनको तर्क छ ।
Categorized in राष्ट्रिय