STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फ्रिक्वेन्सी सम्बन्धमा आइस्पानको ध्यानाकर्षण

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइस्पान ले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ ।
आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्राधिकरणका कावा अध्यक्ष पुरुषोत्तम खनाललाई ज्ञापनपत्र बुझाउँदै आइस्पानका अध्यक्ष भोजराज भट्टले आफ्ना मागका बारेमा जानकारी गराउनुभयो । 
प्राधिकरणका कावा अध्यक्ष खनालले सो बारेमा आधिकारिकता बुझेर छलफल गरिने बताउनुभयो । आइस्पानका अध्यक्ष भट्टले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न दिनु दूरसञ्चार सेवाको अनुमतिपत्र तथा फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यास विपरीत रहेको बताउँदै उक्त कार्य भइरहेको भए अविलम्ब रोक्न माग गर्नुभयो ।
यसअघि टेलिभिजन सञ्चालनका लागि छुट्याइएको फ्रिक्वेन्सी टेलिभिजन प्रसारण सेवा एनालगबाट डिजिटल प्रविधिमा गइसकेपछि रिजर्व रहेको फ्रिक्वेन्सी दूरसञ्चार कानूनअनुसार प्राधिकरणमार्फत ल्याई हाल अपनाइआएको विधिबमोजिम नै फ्रिक्वेन्सी वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । 
 
Categorized in राष्ट्रिय